पार्टी एकता केही दिनमा टुंगोमा पुग्छ : दाहाल

Posted by

काठमाडौं, माघ १५ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्व, सुशासन र आर्थिक विकासका लागि कम्युनिष्ट पार्टीबीचको एकता आवश्यक रहेको बताएका छन् ।सोमबार प्रेस सेन्टर नेपालको १४औं स्थापना दिवसको काठमाडौंमा उद्घाटन गर्दै उनले मुलुकलाई अस्थिर भूमरीबाट निकास दिन कम्युनिष्ट पार्टीबीच एकता हुन लागेको बताए । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता केही दिनमा टुंगोमा पुग्ने उनको भनाइ छ ।मुलुक समाजवादको नयाँ युगमा प्रवेश गरेको भन्दै दाहालले परिवर्तन संस्थागत गर्ने प्रमुख दायित्व माओवादी केन्द्रको भएको उल्लेख गरे ।कार्यक्रममा पत्रकारिता क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्ने सन्चारकर्मीलाई सम्मानित गरिएको थियो ।