पार्टी एकता टुंग्याउँन आज नेकपाको सचिवालय बैठक बस्दै

Posted by

साउन २९, २०७६ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  सचिवालय बैठक बुधबार बस्दै छ।मंङ्गलबार बस्ने भनिएको सचिवालय बैठकमा गृहकार्य नपुगेको भन्दै बुधबारलाई सारिएको हो।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा विभागका नेतृत्व , पोलिटब्युरो गठनलगायतका विषय टुंगो लगाउने नेकपाले जनाएको छ।  कसले कुन विभागमा बस्ने भन्ने रुचि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सोधिसकेका छन् र प्रधानमन्त्री ओलीले सिंगापुरबाट फर्किएपछि गृहकार्य गरेका कारण आज टुंगो लगाउन सक्ने पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।