पार्बतिपुरमा एक गाईले दुई टाउको भएको बाच्छा जन्मायो

Posted by

पार्बतिपुर, फाल्गुन २७
पश्चिम चितवनमा एक गाईले दुई टाउको भएको एक बाच्छा जन्माएको छ । भरतपुर २१ पार्बतिपुरको कन्चनबस्तिका कृर्षक खेमलाल भण्डारी ( बाबुराम )ले पालेको गाईले दुई टाउको भएको बाच्छा जन्माएको हो । मंगलबार बिहान जन्मेको बाच्छाको दुई ओटा टाउको, चार ओटा आखाँ छन् । प्रत्यक टाउकोमा एक एक ओटा कान रहेका छन् । गाईले आफ्नो दोेस्रो बेतमा दुई टाउको भएको बाच्छालाई जन्म दिएको हो । दुई टाउको भएको बाच्छालाई भगवान मानि हेर्न स्थानियको भिड लागेको छ ।