पार्बतिपुरमा कृर्षकहरुलाई कृर्षि औजार बितरण

Posted by

२७, असार ,रेडियो प्रभाव
पश्चिम चितबनको पार्बतिपुरमा शनिबार कृर्षकहरुलाई कृर्षि औजार बितरण गरीएको छ । बाग्मति प्रदेश अनुदान कार्यक्रम,भरतपुरमहानगरपालिका अनुदान कार्यक्रम, प्रधानमन्त्रि परियोजना पार्वतिपुर अनुदान कार्यक्रमबाट अनुदानमा प्राप्त करीब १० लाख रुपैँया मुल्याको कृर्षि औजारहरु बितरण गरीएको हो । प्रधानमन्त्रि परियोजना पार्वतिपुरबाट सहकारीलाई ५० प्रतिशत अनुदानमा ५ लाख मुल्याको टेक्टर , टेलर ,रोटाभेटर लगाएतका औजार बितरण गरीएको छ । यस्तै ५ थान स्प्रे टङ्की, १थान मिनि टेक्टर ,१थान मिनि टिलर कृर्षकहरुलाई बितरण गरीएको हो ।

भरतपुरमहानगरपालिका नगर कार्यपालिकाको कार्यलय,सहकारी ५० प्रतिशत रोजगार प्रबद्र्धन शाखा बाट प्राप्त एक थान एनलाईजर र १ थान कम्प्युटर ओम शिबालय कृर्षि सहकारीलाई हस्तान्तरण गरीएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छि बिकाश मन्त्रालय , नेपाल लाईफ स्टक सेन्टर इनोभेसन आयोजना, बिकेन्द्रिकृत आयोजना सहयोग इकाइ, हेटौडाबाट सत प्रतिशत अनुदानमा प्राप्त १थान कम्प्युटर र २ थान क्यान तथा भेटेनरी अस्पताल , पशुसेवा विज्ञ केन्द्रबाट २ थान क्यान ओम शिबालय कृर्षि सहकारीलाई प्राप्त भएको छ । बाग्मती प्रदेश कृषि बिकास निर्देशनालय हेटौडाबाट ७५ प्रतिशत अनुदान प्राप्त १६ लिटरको स्प्रे टङ्की ४ थान, कर्न थे्रसर २ थान, राइस मिल १ थान, रिपर १ थान कृर्षकलाई उपलव्ध गराइएको छ ।पार्बतिपुरको ओम शिबालय कृर्षि सहकारी सस्थाँको प्राङगणमा सम्पन्न अनुदान बितरण कार्यक्रममा प्रधानमन्त्रि कृर्षि आधुनिकिकरण परियोजना चितवनका बरिष्ठ कृर्षि अधिकृत मेघनाथ तिमल्सेना, कृर्षि अधिकृत पुष्पराज खनाल, इन्द्र शर्मा ढकाल, माधब पौडेल, तरकारीजोन सँचालक समितिका सदस्य कर्ण बहादुर सुबेदि लगायतको उपस्थिति रहेको कार्यक्रममा भरतपुर २१ का वडा सदस्य शान्ती पराजुलि प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रम सस्थाँका अध्यक्ष दिपक लामिक्षानेको सभापतित्वमा सम्पन्न भएको हो ।