पार्बतिपुरमा नेपाल रेडक्रस सोसाइटी को १२ औँ सधारण सभा र रक्तदान जारी

Posted by

अपिल घिमिरे ,रेडियो प्रभाब पौष २५

नेपाल रेडक्रस सोसाइटीको १२ औं सधारण सभा जारी रहेको छ।भरतपुर २१ पार्बतिपुरको रेडक्रसको आफ्नै परिसरमा सभा संचालन भै रहेको छ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति ज्ञान्शाली न्यौपानेले साधारण सभा को उद्घाटन गर्नुभएको छ। बिशिष्ट अतिथि भरतपुर २१ का वडाध्यक्ष चित्रशेन अधिकारीले रेडक्रस सोसाइटी द्वारा संचालित एम्बुलेन्स र चालक आवास को उद्घाटन गर्नुभएको थियो।


यहि अवसर पारेर आजै रेडक्रस सोसाइटी र देश दुनियाँको आवाज रेडियो प्रभाव ९२.४ को संयुक्त आयोजना मा रक्तदान कार्यक्रम संचालन भैरहेको छ। कार्यक्रमका प्रमुख अतिथि ले रेडियो का निर्देशक निर्मल अधिकारी लै ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्नु भएको थियो। यो समाचार तयार पारिन्जेल ७५ जना रक्तदात हरुले रक्तदान सकेका छन् भने कार्यक्रम ४ बजे सम्म संचालन रहनेछ।