पाचौँ कञ्चन भलिबल प्रतियोगिता पौष २८ बाट

Posted by

रेडियो प्रभाव, २० पौष २०७६,

कञ्चन समाज बिकास परिषद् भरतपुर २१, पार्बतिपुरको आयोजनामा पाचौँ कञ्चन खुल्ला पुरुष नकआउट भलिबल प्रतियोगिताहुने भएको छ । कञ्चन समाजको चाहाना खेलकुद बिकासको कामना भन्ने मुल नाराका साथ कार्यक्रम हुन लागेको हो । यहि पौष २८ गते देखि सुरुहुने प्रतियोगिता माघे संक्रान्तिको अवसर पारेर आयोजना गर्न लागिएको हो । कञ्चन बाल उधान कञ्चनबस्तिको प्राङगणमा माघ १ गतेसम्म भलिबल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले पचाँसहजार , द्धितिृय हुनेले तिसहजार र सान्त्वनाहुने दुई टिमले दशहजार प्रप्त गर्नेछन । प्रतियोगितामा टिमदर्ताका लागि पन्ध्र सय पाँच रुपैँया तोकिएको छ । स्वास्थ्याको लागि खेलकुद अपरीहार्य भएको र यसरी बेलाबखत आयोजनाहुने प्रतियोगिले खेलप्रति रुचि बढने र युवा खेलाडि उत्पादन गर्न मद्धतपुग्ने संस्थाका अध्याक्ष बिकास भटट्ले बताउनुभयो ।

अपिल घिमिरे ,रेडियो प्रभाब