पार्बतिपुरमा वृहत रक्तदान कार्यक्रम हुने

Posted by

सुर्य घिमिरे , पौष १०, रेडियो प्रभाव
नेपाल रेडक्रश शोसाइटी उपशाखा पार्बतिपुर र रेडियो प्रभाव ९२.४ मेघाहर्जको संयुक्त आयोजनामा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रश शोसाइटी उपशाखा पार्बतिपुरको प्राङगणमा हुने कार्यक्रम यहि पौष २५ गते हुने रेडियोले जनाएको छ । प्रभाब मिडिया प्रा.लि. का अध्यक्ष बिजय बहादुर घलेले रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि प्रभाब मिडियाका कर्मचारी, व्यवसायी, बुद्धिजीवी, अभिकर्ता, समाजसेवी लगायत स्थानीयवासी सहभागी भई सबैलाई रक्तदान गरी सहयोग गर्न आग्रह गर्नुभयो । बढ्दो रगतको मागलाई परिपुर्तीका लागि रक्तदान कार्यक्रम फलदायि हुने रेडियोका स्टेशन म्यानेजर अपिल घिमिरेले बिश्वास ब्यक्त गर्नुभयो । नेपाल रेडक्रश शोसाइटी उपशाखा पार्बतिपुरको १२ औँ बार्षिक साधारण सभाको अवसरमा आयोजना हुने कार्यक्रम पौष २५ गते बिहान ८ बजेबाट सुरुहुने उपशाखा पार्बतिपुरका सभापति रामचन्द्र अधिकारीले बताउनुभयो । सो कार्यक्रममा क्षेत्रिय रक्तसञ्चार केन्द्र भरतपुरको प्रबिधिक सहयोग रहने छ ।