पार्बतीपुरमा कोरोनाका कारण बन्द हाटबजार पुन सञ्चालनमा

Posted by

असोज,०३,पार्बतीपुर
ओम शिबालय कृर्षी सहकारी सस्थाँ पार्बतीपुर द्धारा सञ्चालित हाटबजार पुन सञ्चालनमा आएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसगैँ बन्द गरीएको हाटबजार शनिबार देखि पुन सञ्चालनमा आएको हो । बन्द हुनु भन्दा अगाढी हप्ताको २ दिन लाग्दै आएको हाटबजार तत्कालका लागि सातामा १ दिन शनिबार मात्र सञ्चालन मा ल्याइएको सस्थाँका अध्यक्ष दिपक लामिछानेले जानकारी दिनुभयो । अब देखि हरेक शनिबार हाटबजार सञ्चालनमा आउने लामिछानेको भनाई थियो । हाजबजारमा स्थानियले आफ्ना दैनिक उपभोग्य सामाग्री सस्तो र सुलभ दरमा खरीद तथा बिक्री गर्न सक्नेछन् । पार्बतीपुरमा हाटबजार पुन सञ्चालनमा आएसगैँ स्थानिय लाभाम्भित हुने भएका छन् ।