पार्बतीपुरमा नेकपा एमालेको बोर्ड र झण्डा राखियो

Posted by

पार्वतीपुर, चैत्र ०२
भरतपुर महानगरपालिका २१ ,वडा कमिटी पार्बतीपुर पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड र झण्डा राखिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पाटी नेकपा ऋषि कट्टेलको हुने आधिकारिकता दिदै नेकपा एमाले र माओवादी केन्द्र व्युतिएको जानकारी गराएपछि नेता तथा कार्यकर्ताहरुले आज पार्वतीपुरमा बोर्ड र झण्डा राखेका हुन् ।भरतपुर २१ , पार्वतीपुरमा रहेको नेकपा एमालेको कार्यालयमा नेकपा एमाले चितवन जिल्ला कमिटि सदस्य दिब्य शर्मा आचार्य,चितवन जिल्ला कमिटि सदस्य एबम् भरतपुर २१ का इन्चार्ज मेख बहादुर खड्का,भरतपुर २१का नेकपा एमाले अध्यक्ष बलराम सापकोटा, भरतपुर २१ वडा पार्टि सचिब कृष्ण गौतम,सचिवलय कमिटि सदस्य हरी पन्त,भरतपुर २१ का पार्टि पुर्ब सचिब लेखनाथ बराल , होमनाथ पौडेल, भरतपुर २१ का पार्टि पुर्ब अध्यक्ष कमल पौडेल लगायतको नेतृत्वमा जम्मा भएका नेता तथा कार्यकर्ताहरुले एमालेको बोर्ड टाँगेका हुन् ।नेकपा एमाले चितवन जिल्ला कमिटि सदस्य दिब्य शर्मा आचार्यले नेकपा एमाले पुर्वब्त अबस्थामा आईसकेको हुनाले हिजोका बिधि र पद्धति अनुसार पार्टिलाइ स्थापित गराउने क्रममा वडा नम्बर २१ मा पनि नेकपा एमालेको बोर्ड र झण्डा राखिएको बताउनुभयो । वर्तमान परिस्थितिमा गुट र झुन्डको रुपमा राजनीति देखिए पनि भोलीका दिनमा नेकपा एमाले एकताबद्ध भएर अगाडि बढनुपर्ने उहाको भनाई थियो । बर्तमान परिस्थितिबाट कुनै पनि नेता तथा कार्यकर्ता निराश हुन नहुने बताउदै राष्ट्र र राष्ट्रियताका लागि एक ढिक्का हुन उहाँले आग्रह गर्नुभयो।