पार्वतिपुरमा प्रहरी चौकीको उद्घाटन

Posted by


सुदिप देवकोटा

चैत १८, बुधबार चितवन – भरतपुर २१ पार्वतिपुरमा प्रहरी चौकीको उद्घाटन भएको छ बाग्मति प्रहरी प्रमुख डिआइजी बसन्त कुमार लामाले बुधवार (आज) एक कार्यक्रमका बिच चौकी उद्घाटन गरेका हुन ।
साथै स्थानिय अगुवा, जनप्रतिनिधि र प्रहरीबिच अन्तर्क्रिया सम्पन्न भएको छ । अन्तर्क्रियाका क्रममा सहभागिहरुले प्रहरी चौकिको आवश्यकता र औचित्यबारे प्रश्न राखेका थिए ।
प्रमुख अतिथि बसन्त कुमार लामाले संगठन र प्रदेश प्रहरी शुद्धिकरण अभियानमा लागेको बताए । प्रहरीहरुलाइ शान्ति सुरक्षा स्थापना गराउन स्थानियले वारम्वार निगरानि राख्न र सहयोग गर्न अनुरोध गरेका छन ।
हाम्रो संगठनलाइ स्वच्छ बनाउन स्टिङ अपरेशन गरि ४५ जनालाइ कारवाहि गरेको समेत उनले जानकारि गराए ।
स्थानियले प्रहरीहलाइ अनेक प्रभावपारी गलत प्रयोग नगर्न आग्रह गरे । उनले थपे ‘हामिबिच कमजोरी भए हामी सच्चिन्छौ’ प्रहरीलाइ अनुशासनमा रहेर शान्ति सुरक्षामा लाग्न निर्देशन समेत दिए । सबैभन्दा बढि दुर्घट्ना चितवनमा भएको भन्दै डिआइजी लामाले दुर्घट्ना न्युनतम गर्न ट्राफिक प्रहरीलाइ सक्रिय हुन सुझाएका थिए ।
लागुऔषधको समाधानको लागि निःशुल्क सुधारगॄह संचालन हुनुपर्नेमा उनले जोड दिए । हजारौ बिगाह गाजा नष्ट गरिए पनि सुधार आउन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । आगामि दिनमा विधालय स्तरमा ट्राफिक नियम र दुर्घट्नाबारे चेतनामुलक कार्य आयोजना गरिने योजना प्रस्तुत गरेका थिए ।

No description available.


भरतपुर २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले सबैको सद्भाव र सहयोगले २१ न वडा समॄद र विकाश भएको बताए । वडाध्यक्ष अधिकारीले पन्चायत हुदै गाउ बिकास र महानगर सम्म आउदा पनि यहाका राजनितिक दलहरुमा एकता भएकोले २१ न वडा बिकासमा अघि रहेको बताए । पार्वतिपुर क्षेत्र बढ्दो चाप, शहरी बिकास, वित्तिय संस्थाहरुको बॄद्दि, शैक्षिक संस्थाहरु लगायतका काम संबेदनशिल बन्दै गएको र सुरक्षा चुनौति बढ्दै गएकाले इलाका प्रहरी आवश्यक्ता रहेको बताएका छन ।