पार्वतिपुरमा २८५६ सोनाम ल्होछार मनाईने

Posted by

रेडियो प्रभाब, १९ पौष २०७६, २८५६ सोनाम ल्होछारको अवसरमा भरतपुर २१ पार्वतिपुरमा खुल्ला लोक तथा सेलो प्रतियोगिता आयोजना हुने भएको छ ।यही आउदो माघ ११ गते तामाङ जातिको महान पर्व नव बर्ष को शुभ अवसरमा कार्यक्रम गर्न लागिएको हो । श्री उर्घेनलिङ बौद्दगुम्ब परिवार पार्वतिपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो । बँदेल बर्ग पार गरी मुसा वर्गमा प्रबेश गरी नयाँ बर्ष मनाउने क्रममा नृत्य आयोजन हुने गुम्बाका सचिव हेम तामाङ्ले जनाउनु भएको छ ।यस बर्ष पनि भब्य रुपमा नृत्य प्रतियोगिता सन्चालन हुने उहाले बताउनु भयो ।प्रतियोगितामा सहभागिता जनाउन प्रती व्यक्तिर रु ५०० प्रबेश शुल्क लाग्ने आयोजकले जनाएको छ ।प्रतियोगितमा प्रथम हुने ले नगद रु १०,०००,दृतिय हुनेले रु ७,०००, र तृतिय हुनेले रु ३००० र प्रमाणपत्र प्राप्त गर्न सक्नेछन ।

अपिल घिमिरे , रेडियो प्रभाव