पार्वतीपुरको सडक निर्माण समयमा सम्पन्न नभएपछि नागरिकलाइ सास्ती, दबाब दिन संघर्ष समिति गठन

Posted by

चितवन, आइतवार असार ६-

भरतपुर महानगरपालिका–२१ को पार्वतीपुर सडक निर्माण समयमा सम्पन्न हुन नसकेपछि नागरिकले सास्ती पाएका छन् ।

गत मंसिरमा नै निर्माण सम्पन्न हुनुपर्ने सडक अहिले सम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीय नागरिक आन्दोलित भएका हुन् ।

मंसिरमा सक्नुपर्ने सडकको आगामी पुससम्म समय थप गरेर निर्माणमा ढिलाइ गर्दा बर्षात्को पानीले सडकको कन्तबिजोग भएको छ । वडा १४ र वडा न २१ को सिमाना लाहुरे चोकदेखि पोखरीचोक, पार्वतीपुरको सडक दयनीय अवस्थामा छ । बर्षा  सुरु भइसक्दा पनि भरतपुर महानगरपालिका, वडा कार्यालय र राजनीतिक दलहरुको उदाशिनताका कारण स्थानीयबासीहरु चिन्तित भएको स्थानीयले बताएका छन् ।

पार्वतीपुर क्षेत्रका स्थानीयको आज सम्पन्न वृहत् भेलाले समयसिमा भित्र सडक निर्माण सम्पन्न गराउन नन्दलाल ढकालको सयोजकत्वमा सडक संघर्ष समिति निर्माण गरेको छ । जसका सदस्यहरुमा भोजराज दवाडी, लेखनाथ पोख्रेल, चोक नारायण श्रेष्ठ र धनराज गिरी पाँच जना सदस्य  रहेका छन् । भेलामा निर्माण कम्पनीका प्रतिनिधिको पनि उपस्थिति थियो । उनीहरुले अब तुरुन्त काम गर्ने बताएका छन् ।

यदि काममा ढिलाइ गरेमा थप कडाइ गर्ने र सधै खबरदारी गरिरहने संघर्ष समितिले जनाएको छ । स्थानीयहरुले स्तरीय निर्माणका साथ समयमा नै सक्ने गरी पारदर्शी ढंगबाट विकास निर्माण अगाडि बढ्नुपर्ने माग गरेका छन् । भ्रष्टचार बिरोधी एवम् बातावरण र विकासका अभियन्ताहरुले पनि बाटो निर्माण समय सही तरिकाले हुनुपर्ने भनी चासो देखाए पछि ठेकेदारलाई दबाब बढेको र काम अगाडि बढ्नेमा स्थानीयबासी आशाबादी देखिएका छन् ।

No description available.