पार्वतीपुरमा कोरोना र डेंगीबाट जोगीन तीन दिने औषधी छर्कने कार्यक्रमको दोस्रो दिन ७० प्रतिशत सम्पन्न

Posted by

पार्वतीपुर, बैशाख ५ २०७७
सुदय लामिछाने / सुदीप देवकोटा

पार्वतीपुर बजार ब्यवस्थापन समिती र टोल सुधार समीति द्यारा VIROCID औषधि कोरोना भाईरस फैलन नदिन र गर्मी मौषममा लाम्खुट्टेको टोकाईबाट हुने डेंगी रोग संक्रमणबाट जोगीनको लागी अनमोल एग्रोभेटको प्राबिधिक सहयोगमा औषधी छर्कने काम आज दोस्रो दिन सम्म आइपुग्दा ७० प्रतिशत सम्पन्न भएको छ ।

स्थानियस्तरको खर्चबाट ३ दिन सम्म सञ्चालन हुने अभियानमा भरतपुर २१, पार्वतीपुर अन्तर्गत पर्ने पोखरीचोकबाट संबिधानचोक सम्म औषधि छर्कने काम हिजोबाट शुरु भएको हो। बाकि ३० प्रतिशत काम अन्तिम दिन भोलि सम्पन्न हुने बताइएको छ ।

पार्वतीपुर बजार ब्यवस्थापन समितीका अध्यक्ष ऋषिराम बराल, टोल सुधार समतीका अध्यक्ष होमनाथ पौड्याल र समाजसेबी युवा ब्यवसायी तथा रेडीयो प्राभाव ९२.४ मेगार्ह्जका अध्यक्ष बिजय बाहादुर घले ज्युको अगुवाईमा कार्यक्रम भएको छ ।

साथै पार्वतीपुर बजार क्षेत्रका युवाहरु बिवेक श्रेष्ठ, दिनेश श्रेष्ठ, धर्मराज अधिकारी, राजु गुरुङ, नबराज बराल, चोक नारायण श्रेष्ठ, बिनोद गुरुङ, पदम सापकोटा, हरी पन्त, श्याम कृण्ण अधिकारी, धनराज गिरी, बिशाल श्रेष्ठ लगायतका युवाहरुको पनि सक्रिय सहभागीता रहेको छ ।

यसैबिच आवश्यक परेको खण्डमा यस्ता कार्यलाई निरन्तरता दिने युवा ब्यवसायी समाजसेबी तथा रेडीयो प्रभाव ९२.४ मेगार्ह्जका अध्यक्ष एवम यस पार्वतीपुर बजारका बिजय बाहादुर घले ज्युले बताउनु भयो ।

बिश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र गर्मी याममा लाम्खुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्न यस अभियानको शुरुवात गरीएको हो ।