पार्वतीपुरमा क्वारेन्टिन निर्माणको छलफल भोलि

Posted by

पार्वतीपुर बिहीबार, ८ जेष्ठ, २०७७ : भरतपुर २१ पार्वतीपुरमा क्वारेन्टिन निर्माणको छलफल भोलिलाइ सरेको छ, जनप्रतिनिधि, सर्वदलीय र केही संघ संस्था का अगुवाहरुको वैठक बसेको थियो, तर जहाँ क्वारेन्टाइन राखिने हो त्यहीको टोल विकास संस्था र बजार क्षेत्र लाइ सामन्य सल्लाह र सुझावका लागि प्रतिनिधिमुलक उपस्थिति नगराइएकोले बैठक स्थगित गरिएको नेकपा भरतपुर २१ का अध्यक्ष बलराम सापकोटाले बताउनु भएको छ।
त्यस्तै भरतपुर २२ ले पनि क्वारेन्टाइन निर्माण शुरु गरेकोछ, वार्ड परिसरमा रहेको थारु कल्याणकारिणी सभा को कार्यालय प्रयोग गरि १० वेड सहित को क्वारेन्टाइन निर्माण गर्न लागेको हो। स्थानीय र टोल विकास संस्थाका प्रतिनिधिले यो साझा समस्यामा समुदाय को अपनत्व ,एकता र सद्भाव कायम रहने गरी छलफल हुनु पर्ने भनि सुझाब दिए पछी मात्र यहाँ कार्य अगाडि बढेको थियो।
दुवै वडाध्यक्षहरुले यस्ता गम्भिर विषयमा टोल र वजार सँग छलफल नगरेको स्थानीयहरुको आरोप छ।