पार्वतीपुरमा चित्रकला प्रतीयोगिता सम्पन्न

Posted by


माघ १६,पार्वतीपुर,

शुक्रबार ISCOB को आयोजना तथा प्याराडाइज इ. स्कुल पार्वतीपुरको सहआयोजनामा अन्तर माध्यमिक स्तरीय चित्रकला प्रतीयोगिता सम्पन्न भएको छ । पार्वतीपुरमामा रहेको प्याराडाइज इ. स्कुलको प्राङ्गणमा भएको प्रतीयोगिता “कोरोना प्रभाव र यससम्बन्धी सतकर्ता” शिर्षकमा भएको थियो । १८ ओटा बिधालयको सहभागीता रहेको प्रतीयोगितामा कालिका आवासिय मावि दिब्यनगर प्रथम हुदा विजय कोअपरेटिभ इ. स्कुलले द्धितिय स्थान हासिल गर्न सफल भएको छ । यस्तै सह आयोजक प्याराडाइज इ. स्कुल तितृय र पारिजात ई. स्कुल चोकबजारले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
कार्यक्रममा प्यब्सनका राष्ट्रिय समितिका सदस्य बेलबहादुर गुरुङ प्रमुख अतीथी रहनुभएको थियो । प्याराडाइज इ. स्कुलका प्रचार्य चेतन घिमिरेको स्वगत मन्तब्य बाट सुरु भएको कार्यक्रममा भरतपुर २१ का वडाध्यक्ष चित्रशेन अधिकारी, अस्थाइ प्रहरी बिट पार्बतीपुरका प्रमुख धर्मराज पौडेल लगाएतको उपस्थति रहेको थियो । प्रतीयोगिताको निर्णायकको भुमिकामा प्रकाश थापा रहनुभएको थियो । कार्यक्रम ISCOB पश्चिम क्षेत्रका अध्यक्ष हर्क बहादुर चापागाईको सभापतित्वमा सम्पन्न भएको हो ।