पार्वतीपुरमा फाल्गुन २९ गते रक्तदान कार्यक्रम हुने

Posted by

पार्वतीपुर,फाल्गुन २५

पश्चिम चितवनको पार्वतीपुरमा फाल्गुन २९ गते शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्बतिपुर, जु.रे.स /यु.रे.स अन्नपुर्ण माबि पार्बतिपुर, रेडियो प्रभाव ९२.४ मेघाहर्ज र कञ्चन समाज बिकास परिषद् पार्वतीपुरको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम हुन लागेको हो । फाल्गुन २९ गते शनिबार हुने रक्तदान कार्यक्रम पार्बतिपुरको रेडक्रस भवन परीसर मा बिहान ९ बजे बाट सुरु हुनेछ । बढ्दो रगतको मागलाई परिपुर्तीका लागि पार्बतिपुरमा खुल्ला रक्तदान कार्यक्रम हुने नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्बतिपुरका सभापति रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँले रक्तदान कार्यक्रमलाई सफल बनाउन व्यवसायी, बुद्धिजीवी, समाजसेवी लगायत स्थानीयवासी सहभागी भई सबैलाई रक्तदान गरी सहयोग गर्न आग्रह गर्नुभएको छ । रक्तदान कार्यक्रमको शुभेच्छुक सस्थाँको रुपमा पार्वतीपुर बजार बिकास सामुदायिक सस्थाँ, पार्वतीपुर टोल बिकास सस्थाँ, दिदि बहिनि आमा समुह पार्वतीपुर र निरन्तर पार्वतीपुर रहेका छन् ।