पार्वतीपुरमा मोटसाइकलको ठक्करबाट ८ बर्षिय बालक घाइते

Posted by

 २२ जेष्ठ २०७६, बुधबार ०६:०३ , मा प्रकाशीत

जेठ २२, बुधबार । 
चितवनमा मोटरसाइकलको ठक्करबाट ८ बर्षिय बालक घाइते भएक छन्। भरतपुर २१ बस्ने विशाल अधिकारी घाइते भएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति करिब ८.३० बजेको समयमा भरतपुर महानगरपालिका २१ शुभकामनाचोकस्थित शंकरचोक बाट पार्वतीपुर तर्फ जादै गरेको ना २० प ७५३१ नम्बरको मोटसाइकलले पैदल हिडिरहेका बालक अधिकारीलाई मोटसाइकले ठक्कर दिएको थियो ।

घाइते बालकको नया मेडीकल कलेजमा उपचार भैरहेको छ भने उनको अवस्था मध्यम रहेको र मोटसाइकल चालक फरार रहेकोले खोजी कार्य जारीरहेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।