पार्वतीपुरमा रक्तदातालाई प्रोत्साहन गर्न उत्प्रेरणा कार्यक्रम सम्पन्न

Posted by

पर्वातीपुर, फागुन २२

यहि फागुन २९ गते हुने वृहत खुल्ला रक्तदान लाई लक्षित गरि पार्वतीपुरमा रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिएको छ। शनिवार  पार्वतीपुरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्वतीपुर,ने रे सो अन्नपुर्ण र यू रे स अन्नपुर्णले कार्यक्रमको आयोजना गरेका हुन्। कार्यक्रममा भरतपुर २१ भित्र रहेका,राजनीतिक दल,शिक्षाविद, वुद्दिजिवी , टोल बिकाश संस्था,विभिन्न संघ संस्था का  अध्यक्ष एवं प्रतिनिधि हरु ,स्थायी प्रहरी चौकी पार्वतीपुर लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा रक्तदानको आवस्यकता के छ ?,कस्तो अवस्थामा रक्तदान  गर्न सकिनेछ ?आदि विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । प्रमुख अतिथि भरतपुर महानगर पालिका  २१ क वडाध्यक्ष चित्रसेन अधिकारी रहनु भएको थियो। उहाँले राजनीतिक कार्यक्रम मा जस्तै सामाजिक  कार्यक्रममा पनि सबैको रुची देखिनु पर्ने बताउनु भयो। रेडक्रस जस्तो पवित्र संस्था लाइ सबैले सहयोग गर्नु पर्ने वडाध्यक्ष अधिकारी को भनाइ थियो।  बिशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी शाखा चितवनका मन्त्रि हरि प्रसाद पौडेलले रक्तदान महादान भएको चर्चा गर्दै योग्य व्यक्तिहरुले रगत दान गर्न आग्रह गर्नु भयो। अन्नपुर्ण मा वि का प्राचार्य वटुक लाल तामांग,नेपाली कांग्रेशका सभापति जय भद्र न्युरे समाजसेवी पूर्ण भण्डारी,कृष्ण कान्त  भण्डारी लगाएत ले रक्तदान अभियानमा जुट्न पार्वतीपुर र वरपरका वासिन्दा हरुलाई आग्रह गर्नु भएको थियो। रेडक्रस सोसाइटी शाखा चितवनका कोषाध्यक्ष बिजय राज खनाल,जिल्ला सदस्य एवं केन्द्रिय प्रशिक्षक चिजकुमार आले ,क्षेत्रीय रक्त संचार भरतपुरका प्राबिधिक विश्व राज सापकोटा लगायतले कार्यक्रममा प्रशिक्षण दिनु भएको थियो। कार्यक्रमलाई उपशाखाका उपसभापति लेखनाथ बरालले स्वागत गर्नु भएको थियो।  ने रे सो अन्नपुर्णका सभापति आकृति सापकोटा ले रेडक्रस का  सात सिद्दान्त वचन गर्नु भएको थियो। आजै भरतपुर २१ का समाजसेवी तुलसा देबी भण्डारी ले दुर्घटनामा परि अंग भंग भएका घाइतेहरुको लागि निशुल्क एम्बुलेन्स सेवा संचालन गर्न उपशाखालाई पचास हजार पचपन्न दान गर्नु भएको छ त्यस्तै सोहि वार्डको रतनपुरका वंश वीर थोकर ले गरिव का लागि रगत अक्षय कोषमा ब्लड ब्याग लाइ निशुल्क उपलब्ध गराउन पचाश हजार पाँच रुपैंया दान गर्नु भएको छ। कार्यक्रम उपशाखाका सभापति रामचन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो भने संचालन सचिव कृष्ण गौतमले गर्नु भएको थियो।