पार्वतीपुरमा २१ जना महिला सहित १०६ जनाले रक्तदान गरे

Posted by

रेडियो प्रभाव,माघ ०७,

पश्चिम चितवनको पार्वतीपुरमा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २१ जना महिला सहित १०६ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्बतिपुरको आयोजना तथा जु.रे.स /यु.रे.स अन्नपुर्ण माबि, पार्बतिपुर बजार बिकास सामुदायिक सस्थाँ,पञ्चज्योती महिला बचत तथा ऋण सहकारी सस्थाँ,रेडियो प्रभाव ९२.४ मेघाहर्ज,दिदि बहिनि आमा समुह,निरन्तर पार्बतीपुर,सक्षम हेल्थ क्लिनिक,लियो क्लब अफ नारायनगण चितवन, कञ्चन समाज बिकास परिषद् पार्वतीपुरको संयुक्त सह-आयोजनामा रक्तदान कार्यक्रम भएको हो । बढ्दो रगतको मागलाई परिपुर्तीका लागि रक्तदान कार्यक्रम गरीएको नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्बतिपुरका सभापति रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको उहाँको भनाई थियो ।नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्बतिपुरले हरेक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ । कार्यक्रमको प्रमुख अतीथी भरतपुर २१ का वडाध्यक्ष चित्रशेन अधिकारी रहनुभएको थियो । कार्यक्रममा रक्तदान कार्यक्रमका सयोंजक टेकनाथ लामिछानेले रेडक्रसका ७ सिद्धान्त बाचन गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्बतीपुरका सल्लाहाकार समितिका अध्यक्ष तुलाशा देबी भण्डारीले ४ लाख ५० हजार रुपैयाँ भन्दा बढीको अक्षयकोष स्थापना गर्नुभएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला उपसभापति रत्न सापकोटा, नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्बतीपुरका सल्लाहाकार समितिका अध्यक्ष तुलाशा देबी भण्डारी,भरतपुर २१ का जनप्रतिनिधिहरु कृष्ण गुरुङ,राजु तामाङ, शान्ती पराजुली, फुलमाया परियार,नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्बतिपुरका निबर्तमान सभापति देबचन्द्र कार्की लगाएतको उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्बतीपुरका उपसभापति लेखनाथ बरालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई सचिब कृष्ण प्रसाद गौतमले सञ्चालन गर्नुभएको हो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्बतिपुरका सभापति रामचन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।