पार्वतीपुरमा २२ जना महिला सहित १२२ जनाले रक्तदान गरे

Posted by


पार्बतीपुर, फाल्गुन २९
,

पश्चिम चितवनको पार्वतीपुरमा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २२ जना महिला सहित १२२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्बतिपुर, जु.रे.स /यु.रे.स अन्नपुर्ण माबि पार्बतिपुर, रेडियो प्रभाव ९२.४ मेघाहर्ज र कञ्चन समाज बिकास परिषद् पार्वतीपुरको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो । बढ्दो रगतको मागलाई परिपुर्तीका लागि रक्तदान कार्यक्रम आयोजना गरीएको नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्बतिपुरका सभापति रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको उहाँको भनाई थियो ।नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्बतिपुरको १३ औँ बार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रमको प्रमुख अतीथी भरतपुर २१ का वडाध्यक्ष चित्रशेन अधिकारी रहनुभएको थियो । कार्यक्रममा सस्थाँको बार्षिक प्रतिबेदन नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्बतिपुरका सचिव कृष्ण प्रसाद गौतम र आर्थिक प्रतिबेदन कोषाध्यक्ष कृष्ण न्यूहुरेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला उपसभापति रत्न सापकोटा, नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्बतीपुरका सल्लाहाकार समितिका अध्यक्ष तुलाशा देबी भण्डारी,भरतपुर २१ का जनप्रतिनिधिहरु कृष्ण गुरुङ,राजु तामाङ, शान्ती पराजुली, फुलमाया परियार, अन्नपुर्ण माबि पार्बतीपुरका प्रध्यानाध्यापक बटुक लाल तामाङ, अन्नपुर्ण माबि पार्बतीपुरका बिधालय ब्याबस्थापन समितिका अध्यक्ष जगन्नाथ कडेंल,प्रेरणा वचत तथा ऋण सहकारी सस्थाँका अध्यक्ष कमल प्रसाद पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा पार्बतिपुरका सभापति रामचन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । रक्तदान कार्यक्रमको शुभेच्छुक सस्थाँको रुपमा पार्वतीपुर बजार बिकास सामुदायिक सस्थाँ, पार्वतीपुर टोल बिकास सस्थाँ, दिदि बहिनि आमा समुह पार्वतीपुर र निरन्तर पार्वतीपुर रहेका थिए।