पार्वतीपुर बजारमा कोरोना र डेंगी बाट जोगीन तीन दिने औषधी छर्कने कार्य आजबाट शुरु

Posted by

पार्वतीपुर, बैशाख ४ २०७७
सुदय लामिछाने / सुदीप देवकोटा

पार्वतीपुर बजार ब्यवस्थापन समिती र टोल सुधार समीति द्यारा VIROCID औषधि कोरोना भाईरस फैलन नदिन र गर्मी मौषममा लाम्खुट्टेको टोकाईबाट हुने डेंगी रोग संक्रमणबाट जोगीनको लागी अनमोल एग्रोभेटका सञ्चालक जिवन अधिकारीको सहयोगमा औषधी छर्कने काम शुरु भएको छ ।
स्थानियस्तरको खर्चबाट ३ दिन सम्म सञ्चालन हुने अभियानमा भरतपुर २१, पार्वतीपुर अन्तर्गत पर्ने पोखरीचोकबाट संबिधानचोक सम्म औषधि छर्कने काम आजबाट शुरु भएको हो।


पार्वतीपुर बजार ब्यवस्थापन समितीका अध्यक्ष ऋषिराम बराल, टोल सुधार समतीका अध्यक्ष होमनाथ पौड्याल र समाजसेबी युवा ब्यवसायी तथा रेडीयो प्राभाव ९२.४ मेगार्ह्जका अध्यक्ष बिजय बाहादुर घले ज्युको अगुवाईमा कार्यक्रम शुरु भएको छ ।


साथै पार्वतीपुर बजार क्षेत्रका युवाहरु बिवेक श्रेष्ठ, दिनेश श्रेष्ठ, धर्मराज अधिकारी, राजु गुरुङ, नबराज बराल, चोक नारायण श्रेष्ठ, बिनोद गुरुङ, पदम सापकोटा लगायतका युवाहरुको पनि सक्रिय सहभागीता रहेको छ ।

बिश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र गर्मी याममा लाम्खुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्न यस अभियान को शुरुवात गरीएको हो ।