पार्वतीपुर बजार आजबाट चैत १५ गतेसम्मका लागि बन्द

Posted by


सुदिप देवकोटा,
पार्वतिपुर चितवन, चैत १०–

पार्वतीपुर बजार ब्यवस्थापन समितिले कोरोना भाइरस (कोभिड–१९) का कारण अतिआवश्यक सेवा बाहेकका अरु व्यापार ब्यवसाए बन्द अावान गरेको छ ।
पार्वतीपुर बजार ब्यवस्थापन समितिद्धारा आज (सोमबार) जारी विज्ञप्तीमा अतिआवश्यक सेवा बाहेकका सबै व्यापार, व्यवसाय चैत १५ गतेसम्मका लागि बन्द गरिएको जानकारी गराएको हो ।
यस्तै समितिले अत्यावश्यक वस्तु तथा सेवा प्रदायक व्यवसायीहरुले आफू स्वंमको समेत स्वास्थ्य सुरक्षाको सतर्कतामा ध्यान दिँदै सेवा सञ्चालन गरिदिन र अनावश्यक सामग्री भण्डारण नगर्न आग्रह पनि गरेको छ ।