पार्वतीपुर बजार सामुदायिक सस्थाँको साधारण सभा तथा अधिवेशन सम्पन्न

Posted by

असोज,०२,पार्वतीपुर

पार्वतीपुर बजार सामुदायिक सस्थाँ, पार्वतीपुर बजारको १३ औँ साधारण सभा तथा ७ औँ अधिवेशन शनिबार सम्पन्न भएको छ । सस्थाँका जेष्ठ सदस्य होम नाथ पौडेलको अध्यक्षतामा एवं भरतपुर २१ का कार्यबाहक वडाध्यक्ष कृष्ण कुमार गरुङको प्रमुख आतिथ्यतामा उक्त साधारण सभा अधिवेशनको समुद्घाटन समारोह सम्पन्न भएको थियो । कार्यक्रममा सस्थाँका कोषाध्यक्ष रीता माया श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । शिब पार्बती मन्दिर पार्बतीपुरको सभाहलमा भएको सस्थाँको अधिबेशनले आगामी ४ बर्षका लागि नवराज बरालको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको छ ।

सस्थाँको उपाध्यक्षमा भक्त बहादुर आले, सचिब चोक नारायण श्रेष्ठ, कोषाध्यक्ष रमा अधिकारी, सह सचिब सन्तोष श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी सदस्यहरु निरु गुरुङ, तुलसि गुरुङ,बिनोद गुरुङ, अन्जन गुरुङ, दिनेश श्रेष्ठ, बादल श्रेष्ठ चयन हुनु भएको छ । सस्थाँको सुपरीबेक्षण सयाँेजकमा सुरेश कुमार श्रेष्ठ चयन हुनुभयो । अन्य २ जना सुपरीबेक्षण सयाँेजक कार्यसमितिले पछि चयन गर्ने बताईएको छ । नवनियुक्त अध्यक्ष नवराज बरालले पार्वतीपुर बजार लाई थप ब्यबस्थित गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पार्बतीपुर बजारका ब्याबसायिहरुको गुनासो सुन्न र सम्बोधन गर्न हरेक महिनाको १५ गते छलफल गर्ने बरालको भनाई थियो । बरालले ब्यबसायिहरुको सुरक्षमा ध्यान दिइ पार्वतीपुर बजारमै प्रहरी बिट स्थापना गर्न वडा, महानगर र प्रदेश सम्म समन्वय गर्ने बताउनुभयो । पार्बतीपुर बजारमा हुने गरेको जथाभाबि पाकिङलाई छिट्टै ब्यबस्थित गर्ने बरालले उद्धघोष गर्नुभयो ।कार्यक्रममा पार्वतीपुर बजारका ब्यावसायिहरुको सहभागिता रहेको थियो ।