पीपीएलः पारसको चितवन र सोमपालको बुटवल भिड्दै

Posted by


२०७६, ३ पुष बिहीबार -दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज एक खेल हुँदैछ ।प्रतियोगितामा अपराजित टिम चितवन राइनोज र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा दुवै टिम अपराजित छन् । खेल पोखरा रंगशालामा दिउँसो साढे ११ बजे हुनेछ । चितवन पारस खड्काको कप्तानीमा रहको छ भने बुटवल सोमपाल कामीको नेतृत्वमा मैदान उत्रने छ ।

पहिलो खेलमा चितवनले साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको थियो । यस्तै, बुटवलले काठमाडौँ गोल्डेनविरुद्ध सुपर ओभरमा रोमान्चक जित निकालेको थियो । दुई टोलीले तालिकामा समान २ अंक जोडेका छन् ।