पुर्बी चितवनका दुई जनामा कोरोना देखियो, पुनः परीक्षणको लागि स्वाब काठमाडौं पठाइयो

Posted by

चितवन ५ बैशाख । भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएपछि थप यकिन गर्न स्वाब काठमाडौं पठाइएको छ । भरतपुरकै प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको हो । अस्पतालले दुई नमुना थप परीक्षणका लागि काठमाडौं पठाइएको छ। उनीहरू गत महिनामा बेेेलायतबाट नेपाल फर्किएको र राप्ती नगरपालिका ८ को एकै घरको परिवार रहेको जनाएको छ ।

अस्पतालबाट ३६ वटा नमुना प्रयोगशाला पठाइएकोमा बिहीबार साँझ ३१ वटाकाे रिपाेर्ट आएको थियाे। ती सबै नेगेटिभ थिए। बाँकी पाँचवटाकाेराति अबेर रिपाेर्ट आएको थियाे। तिनमा तीनवटा नेगेटिभ पुष्टि भएकाे र दुइटा थपपरीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले जानकारी दिए।

भरतपुरमा अहिलेसम्म २१४ जनाको स्वाब परीक्षण भएको छ। भरतपुर अस्पतालले फागुन १८ गते नै कोरोना उपचारका लागि पाँच शय्याको आइसोलेसन वार्ड बनाएको थियो। अहिले आइसोलेसन वार्ड ३० शय्याको छ।

जिल्ला स्वास्थ्य कार्यालयले विदेशबाट फर्केर १७ दिन होम क्वारेन्टाइनमा बसेकाहरूको आरडीटी सुरु गरेको छ। राप्तीमा एक जनामा आरडीटी गर्दा एन्टिबडी देखिएको थियो। उनीहरूका परिवारका अन्य दुई जनालाई पनि भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो।