रेडियो प्रभाब, खैरहनि, पौष २३,
थारु समुदायको महान पर्व खिचरा (माघी) को सुभ अवसर पारी आयोजना गर्न लगिएको सातौं खिचरा महोत्सवको तयारी तिव्र परिएको छ। “राष्ट्रिय एकता र विविधता हाम्रो सान! बहुजाति,भाषा,सस्कृति नेपालको पहिचान!!” भन्ने मूल नाराका साथ यहि पौष २७ गते देखि माघ ८ गते सम्म खैरहनी -५ को गौचरण,(जबकौली दुर्गा मन्दिर) परिसरमा महोत्सव संचालन गरिन लागेको आयोजक ले जनाएको छ।आज एक पत्रकार सम्मेलन को आयोजना गरि कार्यक्रमको तयारी बारे चितवनका पत्रकार हरु लाई जानकारी गरिएको थियो।सातौँ खिचरा महोत्सव बिगतको भन्दा फरक र परिस्कृत रहेको महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणि चौधरी ले बताउनुभयो ।महोत्सव सम्पन्न गर्नका लागि १५१ सदस्यीय मूल आयोजक समिति र ३० वटा विभिन्न उपसमिति हरु गठन गरिएको छ।चितवन जिल्ला आदिम कालदेखि आदिवासी थारु समुदायको बसोवास रहेको र यस क्षेत्रमा थारु समुदायको बहुल बसोबास रहेको कारण पनि महोत्सवले बिशेष अर्थ राख्ने आयोजकले बिश्वास लिएको छ।
महोत्सवले उद्धोग,व्यापार,कृषि तथा पर्यटनको प्रव्रद्दन ,स्थानीय कला संस्कृतिको संरक्षण ,स्थानीय उत्पादनको प्रवर्दन गर्न सहयोग पुग्ने हुनाले महोत्सव गरिएको जनाइएको छ।
परिसरमा विभिन्न व्यापारिक ,खाना नास्ता , परिकार शैक्षिक,वित्तिय,तथा अन्य बिबिध स्टल हरु रहने गरि तयार गरिदै छ।
अन्तर बिद्यालय चित्रकला र हाजिरी जवाफ प्रतियोगिता ,४० वर्ष माथिका पुरुषको भेट्रान दौड,स्लो साइकल फेस पेन्ट,सेल्फी फोटो कन्टेस्ट लगाएतका प्रतिश्प्रधा हरु समेत आयोजना गरिने भएको छ।महोत्सवमा प्रवेश सुल्क मात्र रु ५० र बिध्ह्यार्थी लाई रु ३० कायम गरिएको छ।
भ्रमण वर्ष २०२० लाइ लक्षित गरि कार्यक्रम आयोजना गरिएको महोत्सवमा विभिन्न जातजातिका परम्परगत भेषभुषा सहित संस्कृतिक कार्यक्रम,राष्ट्रिय,तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति,मिस नेपाल द्वरा थारु भेषभुषा सहितको पहिरनमा अवलोकन,मिस्टर एंड मिस्स थारुको फेसन सो ,खुल्ला नृत्य प्रतोयोगिता आदि संचालन हेने भएका छन्।