पूरा कार्यकाल ओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

Posted by

मंसिर ४, २०७६ बुधबार काठमाण्डौ – केपी शर्मा ओली पूरा कार्यकाल प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

बुधबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले ओलीलाई पूरा अवधि प्रधानमन्त्री बन्ने निर्णय गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि ओली पूरा अवधि प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । यसअघि दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । नयाँ सहमतिअनुसार ओलीले अब झण्डै तीन वर्ष सरकारको नेतृत्व गर्नु हुनेछ ।

सचिवालय बैठकमा नयाँ बन्ने मन्त्रीहरुका विषयको टुंगो लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । केपी शर्मा ओलीले नै बाँकी कार्यकाल सरकारको नेतृत्व गरेर राजनीतिक स्थायित्वको सन्देश दिन चाहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड पार्टीको काममा केन्द्रित हुने पनि उहाँले बताउनुभयो ।