पूर्वसभामुख महराको मुद्दा हेर्दाहेर्दैमा, भोलि फैसला

Posted by

फागुन ४, २०७६ काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा गएको छ। दुवै पक्षको बहस आइतवार सकिए पनि समय अपुग भएको भन्दै हेर्दाहेर्दैमा राखिएको हो। बलात्कार प्रयास अभियोगमा थुनामा रहेका पूर्वसभामुख महराको मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि अदालतले भोलि फैसला दिने भएको छ।  जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलाशमा अन्तिम सुनुवाइ सकिए पनि मुद्दाको फैसला लेख्न समय अपुग भएपछि भोलिसम्मलाई हेर्दाहेर्दैमा राखिएको हो। महराको पक्षमा अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा. भीमार्जून आचार्य र सबिता भण्डारी बरालले बहस गरेका थिए।