पूर्वी चितवनको कालिकामा गाई काटेको आरोपमा एक जना पक्राउ

Posted by

२०७७ साउन ३ रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकामा गाई कोटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिकाको वडा नं. ३ दुईसय विगहाका भीमवहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रविन कार्कीले जानकारी दिए ।

स्थानीय सन्तबहादुर तामाङको घरमा १ बजे राति गाईकाटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामा संलग्न पाँच जनामध्ये अन्य चार जना फरार रहेको डिएसपी कार्कीले बताए । उनीहरुबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेनेरी विशेषज्ञलगायतको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएर खाल्डो खनेर गाडेको छ । घटनाको विषयमा अनुसन्धान र फरार रहेकाहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पशुपंछी हत्या सम्बन्धी मुद्धा चलाई कारबाही हुने प्रहरीले जनाएको छ ।