पूर्व राष्ट्रिय खेलाडी कुमार थापा युइएफए कोर्षको लागि छनौट

Posted by

काठमाडौं, कात्तिक २१
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक तथा पूर्व फुटबलर कुमार थापा युरोपेली फुटबल महासंघ युइएफएले आयोजना गरेको ‘एक्जुकेटिभ मास्टर्स फर इन्टरनेशनल प्लेअर्स कोर्ष’का लागि छनोट हुनुभएको छ । छात्रवृतीमार्फत छनौट भएका थापा यो कोर्षको लागि नेपालबाट मात्र नभई एसियाबाटै छनौट भएका एकमात्र खेलाडी बन्नु भएको छ । युइएफएले सञ्चालन गर्ने योे कोर्सामा विश्वभरका २५ जना पूर्व अन्तर्राष्ट्रिय खेलाडीले भाग लिनेछन् । थापाले यो कोर्ष पुरा गर्न २७ हजार रुपैयाँ बराबरको छात्रबृती युइएफएबाट पाउनुभएको छ । कोर्स स्वीट्जरल्याण्ड, फ्रान्स, इंगल्याण्ड, स्पेन, नेदरल्याण्ड, जर्मनी र अमेरिकामा सञ्चालन हुनेछ ।
कोर्षको लागि आउँदो शुक्रबार स्विजरल्याण्ड जान लागेका थापाले मंगलबार एक कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी युइएफएको कोर्स पाउनु त्यो पनि एसियाबाट एक मात्र खेलाडीको रुपमा सहभागी हुनु आफ्ना लागि गर्वको कुरा भएको बताउनुभयो । युइएफएले पूर्वअन्तराष्ट्र्रिय फुटबलरको लागि तयार पारेको कोर्स २० महिनासम्म चल्ने छ ।