पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढ्याे, एलपी ग्यास प्रति-सिलिन्डर १४ सय ५० पुग्याे

Posted by

भदौ ८, मंगलवार काठमाण्डाै – नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । साेमवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेल, डिजल/मट्टीतेल र खाना पकाउने एलपी ग्यासकाे मूल्य बढाएकाे हाे । 

निगमले पेट्राेल, डिजल र मट्टीतेलमा दुई/दुई रुपैयाँ बढाएकाे हाे । अब पेट्राेल प्रति लिटर एक सय ३० रुपैयाँ डिजल/मट्टीतेल प्रतिलिटर एक सय १३ रुपैयाँ कायम भएकाे छ । 

यस्तै खाना पकाउने एलपी ग्यासमा पनि निगमले प्रति सिलिन्डर २५ रुपैयाँ बढाएकाे छ । अब प्रति सिलिन्डरकाे मूल्य एक हजार चार सय ५० रुपैयाँ पुगेकाे छ । 

हवाई इन्धनमा आन्तरिकतर्फकाे मूल्य पनि प्रति लिटर दुई रुपैयाँले बढाइएकाे र हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलाेमिटर अमेरिकी डलर १६ बढाएर नयाँ मूल्य सात सय ७० प्रति किलाेमिटर पुर्‍याएकाे निगमकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

निगमले इन्डियन आयल कर्पाेरेशनबाट प्राप्त मूल्य सूचीअनुसार पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गर्दै आइरहेकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *