पेट्रोल,डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घट्यो

Posted by

काठमाण्डौं, २४ भदौ। पेट्रोल, डिजल र मट्टीतेललको मूल्य घटेको छ। नेपाल आयल निगमल पेट्रोल, डिजल र मट्टीतेललको मूल्य घटाएको हो।

निगमले पेट्रोल,डिजल र मट्टीतेलको मूल्य २ रुपैयाँका दरले घटाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । मंगलबार दिउँसो १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ।

यसअघि पेट्रोलको मूल्य १०९ रुपैयाँ थियो। मंगलबार दिउँसोदेखि पेट्रोलको मूल्य १०७ रुपैयाँ कायम भएको छ । यसअघि ९७ रुपैयाँ प्रतिलिटर कायम गरिएको डिजल र मट्टीतेललको मूल्य अब ९५ रुपैयाँ कायम भएको छ।

हेर्नुहोस् विज्ञप्ति:

8
  • 83Shares