पोखरा बसपार्कमा झुन्डिरहेको अवस्थामा माउन्टेन टिभीमा आवद्ध पत्रकार फेला

Posted by

मङ्गलबार, २१ साउन २०७६, चितवन । चितवनको पोखरा बसपार्कमा एक व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । उनि पत्रकार शालिकराम पुडासैनी भएको उनको साथमा भेटिएको परिचयपत्रबाट खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले माउन्टेन टेलिभिजनको परिचय पत्र र होटलमा टिपाएको नामको आधारमा उनि पत्रकार पुडाशैनि रहेको बताएको हो ।नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । 

प्रहरीले झुन्डिएको अवस्थामा रहेको शवसँगै कोठाको खाटमा पर्स फेला पारेको थियो । पर्समा रहेको परिचय पत्र र होटलमा लेखाएको नामको आधारमा पत्रकार पुडासैनीको नुवाकोट स्थित घर–परिवारलाई जानकारी गराएको प्रहरीले जनाएको छ ।खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र आवाज नदिएपछि राती १० बजे प्रहरीलाई गरेका थिए । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको परिवार घटना स्थल नआउन्जेलसम्म उनको शव झुन्डिएकै अवस्थामा रहने र प्रहरीले घटनास्थल कुरेर बसिरहेको छ । प्रहरीले परिवारका सदस्य आएपछि मात्र उनको शवलाई झुन्डिएको अवस्थाबाट निकाल्ने बताएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।