पोखरीमा डुबेर एक जनाको मृत्यु

Posted by

भदौ ६, २०७६ शुक्रबार सिन्धुली । दुधौली नगरपालिकामा एक जनाको पोखरीमा डुबेर मृत्यु भएको छ । वडा नम्बर ९ आपडाडाका ५३ वर्षीय ढकबहादुर खत्रीको डुबेर मृत्यु भएको हो ।

खत्री बिहीबार धारापानी सामुदायिक वनमा रहेको पोखरीमा डुबेका हुन् । बिहान घरबाट हिडेका खत्री बेलुकीसम्म घर नआएपछि परिवारले खोजी गर्दा पोखरीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।