पौडी खेल्ने क्रममा डुबेर ३ को मृत्यु

Posted by

जनता समाचारप्रकाशित मिति : 18 June, 2019 6:28 pm

मंगलबार, ३ आषाढ, २०७६कपिलवस्तु । शिवराज नगरपालिका २ हल्लानगर स्थित सुरही खोलामा पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु भएको छ । ४ जना पौडी खेल्ने क्रममा ३ जनाको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

मृत्यु हुनेमा विजयनगर गाँउपालिका वडा नम्बर ६ का १६ वर्षीय आशिष भटराई, १८ वर्षीय सुमित सुनार र १७ वर्षीय निरञ्जन भुसाललको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीले मृत अवस्थामा तीनै जनाको शव निकालेको थियो । १ जना भने बाच्न सफल भएका छन् । घटनाबारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।