प्रजातन्त्रका सेनानी दुर्गादत्त वाग्लेको निधन

Posted by

चितवन, बुधबार, साउन ८, २०७६ – प्रजातन्त्रका सेनानी दुर्गादत्त वाग्लेको निधन भएको छ । पञ्चायत कालदेखि प्रजातन्त्रका लागि लडेका वाग्लेको ७८ वर्षको उमेरमा आज निधन भएको हो ।

उनको आज देवघाटमा अन्तेष्टि गरिएको हो । उनलाई अन्तिम श्रद्धान्जली स्वरुप कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ् र भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले पार्टीको झण्डा ओढाएका थिए । वाग्लेको निधनले पार्टीलाई अतुलनिय क्षति पुगेको कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताए । प्रजातन्त्रका सेनानीको निधनले सिंगो पार्टी मर्माहत भएको उनको भनाइ छ ।