प्रदेशसभा र प्रतिनिधिसभा मतदानमा एक मतदातालाई ६ मिनेट समय लाग्ने////

Posted by

कात्तिक १७
प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको चुनाव हुन अझै २३ दिन बाँकी छ, दोस्रो चरणको मंसिर २१ गते हुने निर्वाचनको लागि त बिहीबार बल्ल उम्मेदवारको मनोनयन दर्ता भएको छ । गोरखामा भने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि मतदान भएको छ, तर साँच्चैको चुनाव नभै तालिमरत म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाबारे जानकारी दिन गरिएको नमुना मतदान अभ्यास । आउँदो मंसिर १० गते हुने चुनावमा मत हाल्ने काम सक्न औसतमा कति समय लाग्ने रहेछ भन्ने अनुमान गर्नका लागि पनि नमुना अभ्यासले सघाएको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो ।
बिहीबारको अभ्यासबाट एकजना मतदातालाई सबै चरणको मतसंकेत गरेर बाहिरिन औसतमा ६ मिनेट समय लाग्ने अनुमान गरिएको उहाँको भनाई छ । आसन्न चुनावमा मतदाताको ब्यवस्थापन लगायतका विषयमा नमुना मतदान अभ्यासले सघाएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताउनुभयो ।