प्रदेश नम्बर ३ का सांसदहरुले लिए शपथ

Posted by

माघ ७ मकवानपुर :
प्रदेशसभा ३ का सदस्यहरुले शपथ लिएका छन्। प्रदेशसभा ३ का सदस्यहरुलाई ज्येष्ठ सदस्य डोरमणि पौडेलले शपथ ग्रहण गराएका हुन्। प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाका ज्येष्ठ सदस्य पौडेललाई शपथ गराएपछि सांसदहरुको शपथ ग्रहण कार्यक्रम राखिएको थियो। प्रदेश नम्बर ३ को शपथग्रहण कार्यक्रम क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा राखिएको थियो।