प्रदेश ५ का सांसदले शपथ लिए, २ नम्बर प्रदेशका सांसदले चारवटा भाषामा शपथ लिए

Posted by

रुपन्देही, माघ ७ –
प्रदेश नम्बर ५ का प्रदेशसभा सांसदले आइतबार शपथ लिएका छन् । उद्योग बाणिज्य संघको सभाहलमा बुटवलमा शपथ ग्रहण समारोह भएको हो ।प्रदेश प्रमुख उमाकान्त झाले पदबहाली गरेर सांसदको शपथ गराउनुभएको हो । ५ नं प्रदेशमा प्रत्यक्ष निर्वाचित ५२ जना र समानुपातिकतर्फ ३५ गरी जम्मा ८७ जना सांसदले शपथ लिएका हुन् ।
२ नम्बर प्रदेशका सांसदले चारवटा भाषामा शपथ लिए
दुई नम्बर प्रदेशका एक सय ७ जना सांसदले फरक फरक भाषामा शपथ लिएका छन् । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाका जेष्ठ सदस्य लगनलाल चौधरीलाई नेपाली भाषामा शपग गराए गराउनु भयो । अरु २३ जनाले पनि नेपालीमा तथा अरुले आआफ्नो मातृ भाषामा शपथ ग्रहण गरेका हुन् ।यसमा ४७ जनाले मैथली, ११ जनाले हिन्दी तथा २५ जनाले भोजपुरी भाषामा शपथ लिएका हुन् । प्रदेश सांसदले नेपाली भाषामा शपथ लिन अस्वीकार गरे पछि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आआफ्नो मातृ भाषामा शपथ लिन स्वीकृत लिनुभएको हो । जेष्ठ सदस्य चौधरीले नेपालीमा बोले पनि सांसदले आआफ्नो मातृ भाषामा उल्था गरेका छन् ।