काभ्रे, बुधबार, ११ आषाढ, २०७६ । नेपाल प्रहरीको एक ट्रक बुधबार पनौती नगरपालिका–५, बाँसघारीमा दुर्घटना हुँदा सातजना प्रहरी घाइते भएका छन् ।
प्रहरीको ना१ग ४८४ नम्बरको ट्रकले रोकिराखेको बा१३च ५०७५ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिएको स्थानीयहरुले बताएका छन् ।
संघीय प्रहरी इकाइ कार्यालय वाग्मतीको गाडी काभ्रेको मन्डनदेउपुर नगरपालिकास्थित खड्गे भन्ने स्थानमा जाँदैगर्दा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटनामा परेको प्रहरीको ट्रकमा २१ प्रहरी सवार थिए । त्यसमध्ये सातजना प्रहरी घाइते भएका हुन् ।
घाइतेमध्ये प्रहरी हवल्दार बलराम तामाङको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई थप उपचारका लागि प्रहरी अस्पताल महाराजगन्ज, काठमाडौं ‘रिफर’ गरिएको ट्राफिक कार्यालय काभ्रेका प्रहरी सहायक निरीक्षक भीमसेनविक्रम थापाले जानकारी दिए ।
अरु घाइते प्रहरीको धुलिखेल र बनेपाका अस्पतालहरुमा उपचार भइरहेको उनले बताए ।