प्रादेशीक राजधानी माग गर्दै वीरगन्ज बन्द, भारतीय गाडी तोडफोड

Posted by

वीरगन्ज, माघ २१ ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा आज बस्ने पहिलो प्रदेशसभा बैठकलाई दबाब दिन वीरगन्जबासीले वीरगन्ज बन्द आह्वान गरेका छन् ।
बन्दकर्ताले बिहानैदेखि वीरगन्जका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन ।वीरगन्जको घण्टाघर, मुर्ली चोक, पावर हाउस, बाइपासलगायतका ठाउँमा टायर बालेर स्थानीयले प्रदर्शन गरिरहेका छन् ।बन्दको अवज्ञा गरेको भन्दै वीरगन्जको घण्टाघरमा बन्दकर्ताले एउटा भारतीय नम्बरको गाडीसमेत तोडफोड गरेका छन् ।बन्दका कारण यातायात, बजार र शैक्षिकसंस्था पूर्ण रुपमा ठप्प छन् ।वीरगन्ज राजधानी संघर्ष समितिले प्रादेशिक राजधानी वीरगन्ज हुनुपर्ने माग राख्दै विगत ३२ दिनदेखि रिले अनशन गरिरहेको छ ।