प्रेरणा बचत तथा ऋण सहकारीको साधारण सभा सुरु

Posted by

९ पौष, २०७७

पार्वतिपुर बजारमा मुख्य कार्यलय रहेको प्रेरणा बचत तथा ऋण सहकारी संस्थाले बिहिबार देखि आफ्नो दशौँ वार्षिक साधारण सभाको कार्यक्रम सुरु गरेको छ । कोरोना भाइरसको प्रभावका कारण भरतपुरमहानगरपालिका द्धारा जारी निर्देशन र संस्थाले तयार गरेको कार्यविधि अनुसार प्रेरणा सहकारीले चरणबद्ध कार्यक्रम गरेर आफ्नो वार्षिक साधारण सभा गर्न सुरु गरेको संस्थाका अध्यक्ष चित्रशेन अधिकारीले जानकारी दिए ।सहकारी संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरी साधारणसभाको शुभारम्भ गरीएको हो । संस्थाले कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै यस वर्ष फरक तरिकाले साधारणसभा गर्ने कार्यतालिका बनाएको छ । संस्थाका अध्यक्ष अधिकारीले समयनकुल संस्थालाई प्रबिधिमैत्रि बनाउनु पर्नेमा जोड दिए । बिहिबार देखि सुरु गरीएको साधारणसभा आगामि पौष १२ गते आईतबार समापन हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द सुवेदिले बताए । अधिकृत सुवेदिका अनुसार पौष ९ र १० गतेको कार्यक्रम सत्कार पार्टी प्यालेस, पार्वतिपुर र पौष ११ र १२ गतेको कार्यक्रम मामा भान्जा पार्टी प्यालेस, पार्वतिपुरमा हुनेछ । कार्य समितिका सदस्य, विभिन्न उपसमितिका संयोजक तथा सदस्यबीच गरिएको शुभारम्भ कार्यक्रममा सहकारीका कोषाध्यक्ष अम्बर बहादुर गुरुङले आर्थिक बर्ष २०७६÷०७७ को बार्षीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभा शुभारम्भ कार्यक्रमको प्रमुख अतिथि भरतपुरमहानगरपालिका सहकारी तथा रोजगार प्रवर्धन शाखाका अधिकृत रामबाबु पौडेल रहनु भएको थियो ।
संस्थाका उपाध्यक्ष राजु तामाङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रभाव मिडियाका अध्यक्ष तथा समाजसेवी बिजय बहादुर घले , बलराम सापकोटा, मान ब. बि.क.,दिव्य शर्मा आचार्य , प्रशान्त गिरी, कर्ण ब. गुरुङ लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव कमल प्रशाद पौडेलले गरेका थिए ।