बंगलादेशलाई वेष्ट इन्डिजले ३ रनले हरायो

Posted by

साउन १०,-
बंगलादेशविरुद्धको दोसो एक दिवसीय क्रिकेट वेष्टइन्डिजले ३ रनले जितेको छ । यो जितसँगै घरेलु टोलीले ३ वटा एक दिवसीय क्रिकेट श्रृंखलामा १–१ को बराबरी पनि गरेको छ ।टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली वेष्टइन्डिजले ४९.३ ओभरमा अल आउट हुँदै २७१ रन बनाएको थियो । वेष्टइन्डिजका लागि शिमरोन हटमायरले शतकीय पारी खेल्दै १२५ रन बनाएका थिए । रन आउट हुनुभन्दा पहिला हटमायरले ९३ बल खेल्दै ७ छक्का तथा ३ चौका प्रहार गरे । रोभमन पावलले ४४ रन बनाउँदा क्रिस गेल २९ रनमा पेभेलियन फर्किएका थिए ।बंगलादेशका लागि रुबेल हुसेनले ३ तथा शकिब अल हसन र मुस्तफिजुर रहमानले दुई–दुई विकेट लिएका थिए ।२७२ रनको लक्ष्य लिएर मैदान आएको बंगलादेशले ६ विकेट गुमाएर २६८ रन मात्रै बनाउन सक्यो । पहिलो विकेट ३२ रनमा गुमाएको बंगलादेशले दोस्रो विकेटका लागि शकिब अल हुसेन र तमिम इकबालले राम्रो साझोदारी गरेका थिए ।बंगलादेशका लागि मुिस्फकर रहिमले सर्वाधिक ६४ रन बनाए । ४९.१ ओभरमा रहिम आउट भएपछि खेलको नतिजा वेष्टइन्डिज तर्फ गएको हो ।शकिब अल हसनले ५६ रन बनाउँदा तमिम इकबालले ५४ रनको योगदान गरेका थिए ।तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट अब पर्सी हुने छ ।