बझाङमा ४.५ रेक्टर स्केलको भूकम्प

Posted by

बझाङ, कात्तिक २०
बझाङमा सोमबार बिहान ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ८ बजेर ५४ मिनेट जाँदा बझाङको चैनपुरबाट ३० किलोमिटर उत्तर केन्द्रविन्दु भएर भूकम्प गएको हो । चैनपुरबाट ३० किलोमिटरमा काँडा गाउँपालिका पर्दछ । भूकम्पले क्षति गरे नगरेको अहिलेसम्म जिल्ला प्रहरी कार्यलयमा जानकारी नआएको र सीमा प्रहरी चौकी धुलीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।