बटुकदल गणको पहलमा चितवन राष्ट्रिय निकुञ्जमा डस्टविन बितरण

Posted by

२०७६, २५ फाल्गुन शनिबार चितवन : चितवन राष्ट्रिय निकुञ्जको सुरक्षासगैँ यसको संरक्षण र सरसफाई नेपाली सेनाको चासो तीव्र बनेको छ । निकुञ्जलाई प्लाष्टीक मुक्त क्षेत्र बनाउने अवधारणालाई सुदृढ गर्न र सोही कार्यलाई प्रवर्धन गर्नको लागि तथा दिगो बनाउनको लागि निकुञ्जमा तैनाथ बटुकदल गणको पहलता र निकुञ्ज कार्यालयको समन्वयमा कोकाकोला तराई बोट्लर्स प्रा.लि. कम्पनीले उपलब्ध गराएको हो ।

निकुञ्जको कसरा, पुलगेट, बनकट्टा, अमलटारी, लौखानी, सौराहा, खोरसोर, हात्तीसारहरुमा २१ वटा ठुलो डस्टबिन बितरण गरिएको गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठले जानकारी दिए । 
साथै यस चितवन राष्ट्रिय निकुञ्जको संरक्षण कार्यमा सहयोग गर्दै आइरहेको तराई भू परिधी कार्यत्रक्रम तालले उपलब्ध गराएको सानो प्लाष्टिकको ४० वटा डष्टबिन प्रदान गरेको थियो । त्यसलाई कसरास्थित राप्ती पुलगेटमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती र गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठले सार्बजनिक यातायातहरुमा राख्नको लागि भरतपुर, माडी ठोरी सडकखण्डमा चल्ने सवारी साधनका चालकहरुलाई बितरण गरेका थिए । 
साथै, सो क्रममा सार्वजनिक यातायातका सवारी चालक, सह(चालक तथा यात्रुहरुलाई प्लाष्टिक निषेधित क्षेत्र र फोहोर ब्यबस्थापन सम्बन्धी सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको थियो।