बटुकदल गणद्धारा बिपद ब्याबस्थापन पूर्ब तयारी तालिम

Posted by

कात्तिक २५,
रेडियो प्रभाब, चितवन राष्टिय निकुञ्ज
नेपालि सेनाकोबटुकदल गणले आईतबारबाट बिपद ब्याबस्थापन पुर्ब तयारी तालिम सञ्चालन गरेको छ । भरतपुरमहानगरपालिका २३ जगतपुरको भुपुसैनिकको हलमा तालिम सञ्चालन आएको हो । भरतपुरका २२,२३, र २४ नं. वडाका करीब ५० जना तटियक्षेत्रका सरोकारवलाहरु लाई तालिम दिइने भएको हो ।

कार्यक्रमको सफलताको शुभकामना दिदै बटुकदल गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठले उक्त वडाका बस्तीहरु नदी तटिय क्षेत्रमा अवस्थित रहेको हुंदा सो स्थानहरुमा बर्षाको समयमा राप्ती नदी बढन गई डुवान, कटान तथा बाढी जस्ता प्राकृतिक बिपद घट्न सक्ने बढी संभावना रहेको हुंदा उक्त बिपदलाई न्युनिकरण तथा बिपद परेमा स्थानीय स्तरमै उपलब्ध हुने सामाग्रीहरुको प्रयोग गरि बिपदबाट के कसरी बच्न सकिन्छ भन्ने बिषयमा ज्ञान हासिल गराउन र बिपद्को लागि पुर्व तयारी गर्न साथै प्रकृतिको संरक्षण र निकुञ्जमा पाईने बन्यजन्तुहरुबाट हुनसक्ने भौतिक तथा मानवीय क्षति न्युनिकरण गरि दुर्लभ बन्यजन्तुको सुरक्षा कसरी गर्ने भन्ने सम्बन्धि समेत ब्यवहारिक ज्ञान प्रदान गर्न दिने बिपद ब्यवस्थापन पुर्व तयारी तालिम तथा प्रकृति संरक्षणँ सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन गरिएको बताउनुभयो ।

कार्यक्रम अबधिभर नदी तटिय क्षेत्रमा रहेका प्रशिक्षर्थिलाई बिपद ब्यवस्थापन क्षति न्युनिकरण, बिपद् ब्यवस्थापनमा नेपाली सेनाको भुमिका, बिपदको समयमा कसरी जोगिने र उद्धार कार्यमा परिचालन हुने लगायत बिबिध बिषयमा केन्द्रित भइ तालिम संचालन गरिने छ । साथै उक्त तालिम अन्तर्गत २५ र २६ गते प्रकृति संरक्षण सम्बन्धि जनचेतनामुलक कार्यक्रम तथा बिपद ब्यवस्थापन सम्बन्धि हाल भएका सामाग्री तथा ईम्प्रोभाईजेशनबाट तयारी गरिएका बिपदका सामानहरुको प्रदर्शनी तथा तालिममा सहभागी भएका स्थानीयहरुलाई समेत सहभागी गराई रापती नदीमा ब्यवहारिक अभ्यास गर्ने योजना रहेको बटुकदल गण कसराले जनाएको छ ।