बडादसैंको टीका लगाउनेक्रम आज पनि जारी

Posted by

बुधबार, २२ असोज । बडादसैं टीकाको दोस्रो दिन बुधबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ ।

यसरी टीका लगाउनेक्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

पश्चिम नेपालका केही भागमा भने विजयादशमीको एक दिनमात्र टीका लगाउने चलन भएपनि अहिले पूर्णिमासम्म लगाउने चलन बढेको छ ।

ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वासको कडीकोरुपमा लिइन्छ ।