बतास ब्रदर्श प्रा. लि. र पटिहानी फुटबल क्लब विच सम्झौता

Posted by

महिन्द्रा ट्याक्टरको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रा. लि. र चितवनको भरतपुरमा गठित पटिहानी फुटबल क्लब विच सम्झौता सपन्न भएको छ । महिन्द्रा ट्याक्टरले क्लबलाई एक वर्षका लागि प्रायोजन गर्ने सहमति पत्रमा आज हस्ताक्षर गरिएको हो ।
बतास अर्गनाइजेशनका नायब महाप्रबन्धक राजेश रानाभाट र क्लबका अध्यक्ष पोष्टराज तिमिल्सिनाले सम्झौतापत्रमा आज चितवन जिल्ला खेलकुद विकास समितिको कार्यालयमा हस्ताक्षर गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) चितवनका अध्यक्ष श्रीकृष्ण कार्की, एन्फा चितवनका उपाध्यक्ष विजय घले र एन्फा चितवनका महासचिव रामहरि ढकालको उपस्थितिमा महिन्द्रा ट्याक्टर र पटिहानी फुटबल क्लब बीच हस्ताक्षर गरिएको हो ।
हस्ताक्षर सँगै महिन्द्र ट्याक्टरले क्लबलाई एक वर्षको एक लाख ५० हजार रुपैयाँ तथा खेलकुदका सामग्री सहयोग गर्ने भएको क्लबका अध्यक्ष पोष्टराज तिमिल्सिनाले बताए। । त्यसैगरी, पटिहानी फुटबल क्लबले भाग लिने हरेक प्रतियोगितामा महिन्द्र ट्याक्टर पटिहानी फुटबल क्लब लेख्ने, क्लबले आयोजना गर्ने हरेक कार्यक्रममा महिन्द्रा ट्याक्टरको ब्यानर राख्ने लगायतको विषयमा हस्ताक्षर गरिएको छ।
पटिहानी फुटबल क्लबले भरतपुरका वडा नम्बर १३, १४ र २२ का खेलाडीहरुलाई समेट्ने गरि योजना अगाडी बढाइएको क्लबका सचिव सुमन पौडेल ले जनाएका छन्। तल्लो तह सम्म का फूटबल प्रेमी हरुका लागि लक्षित गरि तालिम तथा प्रशिक्षण प्रदान गर्ने र दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको पौडेल ले बताए । कार्यक्रममा एन्फा चितवनका अध्यक्ष श्रेष्ठले क्लबले फुटबल क्षेत्रमा पटिहानीको शाख पुनः फिर्ता गर्नेमा आफू विश्वस्त रहेको बताउदै सुभकामना दिएका थिए ।