बन्दका कारण चितवनमा सवारीसाधन ठप्प

Posted by

चितवन, १३ जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको बन्दका कारण चितवनमा यातायातका साधन ठप्प जस्तै बनेका छन् ।
आफ्नो पार्टीको युवा संगठनका नेता तीर्थराज घिमिरेलाई सरकारले हत्या गरेको भन्दै सो पार्टीले आज सोमबार नेपाल बन्दको आह्वान गरेको थियो । चितवनमा आज बिहानैदेखि ठूला सवारी साधन चल्न सकेका छैनन् । बिहानी सत्रमा पढाई हुने शैक्षिक संस्थाहरुमा पढाई ठप्प भएको छ ।
बजार क्षेत्रमा व्यपार व्यवसाय समेत सञ्चालन भएका छैनन् । जिल्लाबाट छुट्ने ठूला सवारी साधन तथा स्थानीय रुटका सवारी साधन सञ्चालनमा आउन नसकेका भए पनि सानो सवारी साधनहरु भने सञ्चालन भइरहेका छन् । बन्दको क्रममा हालसम्म चितवनमा कुनै पनि अप्रिय घटना भएका छन् ।
जिल्लाको सुरक्षा व्यवस्थालाई मजबुत पार्नका लागि विभिन्न चोक तथा बजार क्षेत्रमा बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । मानिसको बढी भीड हुने क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीहरु परिचालन गरिएका छन् ।