बन्दका कारण दाङको जनजीवन प्रभावित

Posted by

दाङ, माघ ६ –
पाँच नम्बर प्रदेशको अस्थायी राजधानी दाङमा नतोकिएको बिरोधमा चार दिनदेखि जारी अनिश्तिकालीन दाङ बन्दले जनजीवन कष्टपूर्ण बन्दै गएको छ । बन्दका कारण दाङको यातायात, बजार, उद्योग तथा शैक्षिक संस्था सबै बन्द रहेका छन् ।जिल्ला भित्रका आन्तरिक यातायात पूरै ठप्प छ भने पूर्व पश्चिम राजमार्गमा यात्रुहरु अलपत्र परेका छन् । बिहानैदेखी राजमार्ग बन्द गरी प्रर्दशन भैरहेको छ । ठाउँ ठाउँमा टायर बालिएको छ ।आन्दोलनमा सहभागी नभएको भन्दै प्रतिनिधिसभा तथा प्रदेशसभाका केही सांसद तथा प्रधानमन्त्रीको पुतला दहन गरिएको छ । आन्दोलनलाई प्रमुख तीन राजनीतिक दलले नेतृत्व गरेका छन् ।